Nepal Tamang Artist Association

Address :
Baudha Kathmandu, Nepal
Phone :
981-3775001
Mobile :
981-3775001
Website URL :
www.nepaltamangartist.org.np
Facebook :
YouTube :

नेपाल तामाङ कलाकार संघ

पृष्ठभुमी
तामाङ कलाकारहरुको एकता तामाङ गीत संगीतको संरक्षण, प्रबद्र्धन र विकास गर्दै तामाङ समाजमा रहेका बिकृति विसंगति तथा तामाङ समाजको चेतनाको प्रवाहलाई गीतसंगीतको माध्यमबाट माथि उठाउने प्रमुख उद्देश्य राखि २०६३ साल मंसिर २३ गतेका दिन अग्रज कलाकारज्युहरुको सहभागितामा बिधिवत रुपमा स्थापना भएको नेपाल तामाङ कलाकार संघ आज सम्म आइपुग्दा यसले निर्धारण गरेका केही लक्ष्य र उद्देश्यहरु सफलताका साथ हासिल गर्दै २८० जना भन्दा बढी कलाकारहरु आबद्ध भै सिंगो तामाङ कलाकारहरुको छाता संगठनको रुपमा स्थापित भइसकेको छ । यतिमात्र नभएर सिंगो तामाङ समुदाय भित्रका तामाङहरुलाई परि आएका आपत–बिपत र दुःखका घाउहरुलाई आफ्नो सीप र साधनाद्धारा मलम लगाउने कार्यहरु गर्दै आइरहेका छौ । अझ भनौ तामाङ समाजको साँंस्कृतिक र राजनैतिक परिवर्तनको बाहकको रुपमा समेत आफुलाई उभ्याउन सफल भएका छौ । उदाहरणको रुपमा हामीले गरेका तामाङहरुको महान साँस्कृतिक पर्व ल्होछारलाई केन्द्र देखि गाँउगाँउ तथा देशविदेश सम्म पु¥याउने अभियान, ताम्सालिङ जागरण अभियान र २०६८ सालको राष्ट्रि«य जनगणनामा सञ्चालित तामाङ लेखौ अभियान, तामाङ सेलो संगीत महोत्सव जस्ता महत्वपुर्ण अभियानहरु रहेका छन् । साथै मुटु तथा मृगौला पिडित बिरामीहरुलाई पनि गीतसंगीतको माध्यमबाट आर्थिक संकलन गरी सहयोग गरेका थुप्रै उदाहरणहरु छन् । प्राकृतिक बिपत्तिमा परेका विभिन्न जिल्लाका बस्तीहरुमा विभिन्न संघसंस्थाहरु संगको समन्वयमा आर्थिक संकलन गरी नगद तथा राहत सामाग्री वितरण गरेका छौ ।

तामाङ सेलो संगीत महोत्सव
सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको बिकास, संरक्षण तथा प्रवद्र्धन हाम्रो प्रतिबद्धता,,, भन्ने मुल नाराका साथ पहिलो तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव २०७६ को आयोजना गरी भब्यताका साथ सम्पन्न गरेका छौ । त्यसपछि हरेक २ वर्षमा आयोजना गर्ने गरी २०७८ सालमा दोस्रो तामाङ सेलो संगीत महोत्सव आयोजना गर्न सफल भयौ । साथै तामाङ गीत संगीतका धरोहरहरु, सर्जक तथा श्रष्टाहरु र यस संस्थाका पुर्व अध्यक्षज्युहरुलाई सम्मान पत्रद्धारा सम्मान गरेका थियौ ।
पहिलो तामाङ सेलो संगीत तथा खाना महोत्सव २०७६ मा सम्मानित ब्यक्तित्वहरु

  • स्व. जयनन्द लामा
  • लाल ब. वाईबा
  • माया लामा दोङ
  •  चन्द्र कुमार मोक्तान
  • कुन्ती मोक्तान
  •  ईन्दिरा गोले
  •  चन्द्र कुमार दोङ
  • रोज मोक्तान
  •  प्रेम लोप्चन
  •  जमुना योञ्जन
  •  मन ब. दोङ
  •  चन्द्र वाईबा
  •  राजु लामा
  •  बिजय लामा
  •  इन्दिरा योञ्जन
  •  तुलसा वाईबा
  •  अभिनास घिसिङ
  • लेक योञ्जनदोस्रो तामाङ सेलो संगीत महोत्सव २०७८ मा सम्मानित ब्यक्तित्वहरु
  •  फनिन्द्र राई
  •  नोर्बु शेर्पा
  •  चाँद सिं
  •  दिपेश प्रधान
  •  पवन वाङ लामा
  •  आगा लामा
  •  शिला ब. मोक्तान

संस्थागत तर्फ दावा दोर्जे तामाङ

  • कुबेर सिं दोङ
  • स्व. दिपेन्द्र दोङ तामाङ
  •  प्रकाश ब्लोन
  • हेम वाईबा
  •  कृष्ण वाईबा
  •  चाँदनी मोक्तान
  •  संजीव वाईबा

आदरणीय उपस्थित महानुभावहरु, यस संस्थाको स्थापना काल देखि नै आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको बाटोमा बफादार रही जिम्मेवारीका साथ कठिन तथा अप्ठ्यारा परिस्थितीहरुमा समेत अलिकति पनि विचलित नभई तामाङ कलाकारहरुको एकताको बलमा संस्थालाई होस्टेमा हैसे गर्दै यहाँसम्म ल्याउन सफल भएका छौ ।
कहिले आर्थिक कठिनाई, कहिले प्राविधिक कठिनाई त कहिले मानविय कठिनाईहरु आईलाग्दा पनि अविचलित रुपमा विभिन्न ब्यक्तिहरु र संघ संस्थाहरुसंग हातेमालो गर्दै गीत संगीतको माध्यमबाट जागरण का आवाजहरु राष्ट्रि«य तथा अन्तराष्ट्रि«य रुपमा बुलन्द पार्न सफल हुँदै आइरहेका छौ । छिन्न भिन्न रुपमा रहेका कलाकारहरुलाई एकताबद्ध गर्देै उनीहरुका क्षमतालाई अन्तराष्ट्रि«य मञ्चहरुमा समेत प्रस्फुटन गर्न सफल भएका छौ । गायन र संगीतको क्षेत्रमा आन्तरिक रुपमा सौहार्दपुर्ण प्रतिस्पर्धाद्धारा कलाकारहरुको सिप र क्षमताको विकास गर्दै मुलधारका कलाकारहरुसंग समेत प्रतिस्पर्धा गर्न सक्ने उच्चतम क्षमता भएका तामाङ कलाकारहरु यस संस्थामा गोलबद्ध गर्न सफल भएका छौ । अझ भनौ आफ्नो सांगीतिक यात्रालाई सहजरुपमा देश विदेशमा स्थापित गराउन सफल कलाकारहरु यस संस्थामा आबद्ध रहँदा यो संस्थामा सिंगो तामाङ समाजको साँस्कृतिक धरोहरका रुपमा नै स्थापित भएको महशुस गरेका छौ ।
यस संस्थाले कलाकारहरुको लागि मात्र नभई तामाङ बस्तीहरुमा बिभिन्न समयमा प्राकृतिक प्रकोपमा परेका सिन्धुपाल्चोकको लिदी, हेलम्बु र याङ्रीका बस्तीहरुमा कलाकारहरु स्वयं उपस्थित भई राहत सामाग्री तथा नगद हस्तान्तरण कार्यक्रमहरु सम्पन्न गरेको सर्वविदितै छ । त्यस अभियानलाई सफल पार्न देश तथा बिदेशमा रहेका बिभिन्न संघ संस्था, ब्यक्ति ब्यक्तित्व ज्यू हरुले अमुल्य सहयोग प्रदान गर्नुभएको थियो ।
१४ औ बार्षिक साधारण सभा तथा सातौ अधिवेशन २०७८ पश्चात सस्थाको अफिसियल वेवसाईट धधध।लभउबतिबmबलनबचतष्कत।यचन।लउ सुचारु गरी कलाकारहरुको परिचयपत्रमा त्तच् कोडको ब्यवस्था पनि गरेकाछौ ।

योगिता मोक्तान प्रतिभा पुरस्कार
सर्जक र श्रष्टाको सम्मान स्वरुप स्वर्गीय गायिका योगिता मोक्तान प्रतिभा पुरस्कारको स्थापना गर्न पनि हामी सफल भएका छौ । स्व. गायिका योगिता मोक्तान को स्मृति दिवसमा हरेक वर्ष एक जना गायक ÷ गायिका लाई योगिता मोक्तान प्रतिभा पुरस्कार द्धारा सम्मानित गरिने उद्धेश्यका साथ पहिलो बर्ष २०७८ सालमा गायिका अञ्जु थोकर र दोस्रो वर्ष २०७९ सालमा गायक बैरागी मोक्तान लाई नगद पुरस्कार सहित सम्मान पत्र द्धारा सम्मान गरियो ।
 
गायिका अञ्जु थोकर पुरस्कार ग्रहण गर्दै, गायक बैरागी मोक्तान पुरस्कार ग्रहण गर्दै ।

श्रद्धाञ्जली सभा
तामाङ कलाकारहरुको अविभावक, श्रष्टा, बरिष्ट कलाकार स्व. जयनन्द लामा र बरिष्ट पत्रकार, गीतकार एवं यस संस्थाको संस्थापक सदस्य स्व. दिपेन्द्र दोङको पार्थिव शरिरलाई राष्ट्रिय नाचघर जमलमा राखी श्रद्धाञ्जली सभा आयोजना गर्न यस संस्थाले अग्रणी भुमिका निर्वाह गरियो । अरु श्रष्टा तथा कलाकारहरुको असमायिक निधनमा पनि संघले श्रद्धाञ्जली स्वरुप शोक बक्तब्य प्रकाशित गरेको जानकारी गर्दछौ ।

अक्षयकोष
आदरणीय महानुभावहरु, हामीले गरेका सम्पुर्ण कार्यहरुका बारेमा बार्षिक साधारण सभामा यहाँहरुलाई जानकारी गराउदै आइरहेका छौ । स्थापना कालमा हामीले निर्धारण गरेका उद्देश्यहरु मध्ये आर्थिक रुपमा कमजोर तामाङ कलाकारहरुलाई अप्ठ्यारो परेको बेलामा सहयोग पुगोस् भन्ने उद्देश्य राखी कलाकार हित कोष स्थापना गरेका छौ र उक्त कोषबाट केही कलाकारहरुले सहयोग पनि पाइसकेका छन् । मृगौला पिडित, ब्रेन ट्युमर, ब्लड क्यान्सर, ब्रेन स्टक जस्ता प्राण घातक रोग लागेका बिरामी कलाकार र निजका परिवारहरुलाई समेत सहयोग गर्दै आईरहेका छौ ।
ऐक्यबद्धता
नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आव्हानमा तामाङ समुदाय र मगर समुदायको परम्परा र संस्कृति माथि धावा बोल्ने भगवती पाण्डे उर्फ शितल लाई पक्राउ पुर्जी जारी हुँदा समेत पक्राउ नगरेकोले पक्राउका लागि दवाव दिन जिल्ला प्रहरी परिसर घेराउ कार्यक्रममा संस्थागत ब्यानर सहित कलाकारहरुको उल्लेख्य उपस्थिति सहित ऐक्यबद्धता प्रकट गरियो । सोही कार्यक्रममा प्रहरीले बल प्रयोग गरी पक्राउ परेका अध्यक्ष बिश्व दोङ ज्यु लगायत सबै जनालाई यथाशिघ्र निशर्त रिहाईका लागि प्रेश बिज्ञप्ती समेत जारी गरेका थियौ र प्रहरी ज्यादती बिरुद्धको साउन २२ गते माईतीघर मण्डलाको बिरोध कार्यक्रममा पनि ब्यानर सहित सहभागीता जनायौ ।
 

माईतीघर मण्डला देखि बानेश्वर सम्मको बिरोध प्रदर्शन

सम्मान
यस संस्थाले स्थापनाकाल देखिनै तामाङ समुदाय र संस्था प्रति उत्तरदायी भएर बिभिन्न क्षेत्र बाट योगदान पु¥याउनुहुने ब्यक्ति ब्यत्तित्वहरुलाई निरन्तर सम्मान गर्दै आउने क्रममा १५ औ वार्षिक साधारण सभामा तामाङ सेलो संगीत महोत्सव र राहत वितरण कार्यक्रमहरुमा योगदान दिनुहुँने ब्यक्ति तथा संस्थाहरुलाई नेपाल सरकार बागमती प्रदेशका तत्कालिन माननीय स्वास्थ्य मन्त्री निमा लामा जुको प्रमुख आतिथ्यमा सम्मान पत्रद्धारा सम्मान गरियो ।
साथै मिति २०८० साउन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्मान कार्यक्रमको आयोजना गरी तामाङ समुदायबाट बागमती प्रदेश सरकारमा सहभागी माननीय.मन्त्रीज्यूहरु
 आर्थिक मामिला तथा योजना मन्त्री मा.बहादुर सिं लामा ज्यू,
 खानेपानी, उर्जा तथा सिँचाई मन्त्री मा. तिर्थ लामा ज्यू,
 सामाजिक बिकास मन्त्री मा. कुमारी मोक्तान ज्यू) लाई सम्मान गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरियो । साथै बिश्वको सर्बोच्च शिखर सगरमाथामा संस्थाको झण्डा फहराई संस्थाको गरिमालाई उच्च बनाएकोमा
 सगरमाथा आरोही एवं यस संस्थाका सदस्य पेमा टासी तामाङ ज्यू लाई पनि सम्मान गरियो ।

 

भावी योजनाहरु
१. सम्पुर्ण तामाङ कलाकारहरुलाई समेट्दै लैजाने र देश भित्र लुकेर रहेका गीत संगीत क्षेत्रका प्रतिभाहरुलाई राष्ट्रि«य रुपमा प्रस्फुटन गराउनको लागि विभिन्न संघ संस्थाहरु संग साझेदारी गरी प्रतियोगितात्मक तामाङ सेलो आइडल सञ्चालन गर्ने ।
२. तामाङ कलाकार संघको आफ्नै भवन बनाई तामाङ सांस्कृतिक संग्रहालयको निर्माण गर्ने ।
३. संस्थाको आर्थिक विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने ।
४. तामाङ कलाकारहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न कार्याशाला गोष्ठि तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने
५.तामाङ गीत संगीतलाई अन्तराष्ट्रियरुपमा विकास गराउनका लागि विदेशमा रहेका तामाङ संघसंस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु गर्ने ।
६. सरकारी तथा गैरसरकारी संस्थाहरु संग समन्वय गरी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने ।
७. संस्थालाई महत्वपुर्ण सहयोग गर्दै आउनु भएका विभिन्न संघ, संस्था तथा ब्यक्तिहरुलाई सम्मान कार्यक्रमहरु आयोजना गर्ने ।
८. तामाङ समाजको हक र हितको लागि अन्य संघ संस्थाहरुसँग सहकार्य गर्ने ।
९.आफ्नो कार्यद्धारा राष्ट्रिय तथा अन्तरष्ट्रिय रुपमा चिनाउन सफल व्यत्तित्वहरुलाई सम्मान गर्ने ।
१०. तामाङ गीत संगीतमा महत्वपूर्ण योगदान पु¥याउनु भएका श्रष्टाहरुलाई सम्मान गर्ने ।
११. यस संघले गर्दै आईरहेको तामाङ मौलिक सेलो संगीत महोत्सव हरेक २ वर्षमा आयोजना गर्ने ।
१२. योगिता मोक्तान प्रतिभा पुरस्कारलाई हरेक बर्ष आयोजना गर्ने ।

अन्तमा, यस प्रतिवेदनमा मैले सकेसम्म सबै विषयहरुलाई समेट्ने प्रयत्न गरेको छु । यसमा कुनै कमजोरीहरु भए यहाँहरुको अमुल्य सुझावको अपेक्षा राख्दछु । साथै संस्थालाई यहाँसम्म ल्याउनका लागि पुर्ण रुपले सहयोग गर्नुहुने ब्यक्ति ब्यक्तित्व, देश तथा विदेशमा रहेका संघ–संस्थारुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, प्रतिवेदनलाई ध्यानपूर्वक सुनिदिनु भएकोमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई समेत हृदयदेखि धन्यवाद ज्ञापन गर्दै प्रतिवेदनलाई यही अन्त गर्ने अनुमती चाहान्छु । थुजेछे, फ्याफुल्ला ।

बरिष्ठ उपाध्यक्ष
रोशन फ्युवा तामाङ
नेपाल तामाङ कलाकार संघ

Like & Share :

Facebook
WhatsApp
Telegram
Email
X

Upcoming Events

Featured Podcast

सरकारी कामकाजी भाषा ऐन २०८०|| Announcement Day – 2081 || Tamang || Nepal Bhasha||

Upcoming Events

Latest Podcast

Episode – 75 || Mhendolafole Podcast With Sunil Lama || Sumina Lo || Singer ||

Episode – 74 || Mhendolafole Podcast With Sunil Lama || Damfu Sanjh Special || Bishwo Dong ||

Episode – 73 || Mhendolafole Podcast With Sunil Lama || Safalta Theeng || Miss Tamang 2021 ||

Latest Biography