Nepal Tamang Ghedung

Address :
Chuchepati-6, Kathmandu
Phone :
01-4598072
Mobile :
01-4598072
Website URL :
https://nepaltamangghedung.org.np/
Facebook :
https://www.facebook.com/nepal.ghedung
YouTube :
परिचय

तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि हो ।

घेदुङको हाल १०१ सदस्यीय सङ्घीय कार्य समिति रहेको छ भने २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ । यसको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका र नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्यसमिति रहेका छन् भने ७ वटा भातृ संगठन (महिला, युवा, विद्यार्र्थी, लामा, संस्कृति, ताम्बा, बोन्बो) र ७ वटा विभागहरू (भाषा, संचार, उद्योग, कर्मचारी, ह्रुई–वंशावली, पुरातात्विक र सामाजिक कल्याण विभाग) छन् । त्यसैगरी विदेश तथा प्रवासस्थित डेड दर्जन बढी मुलुकहरू कुवेत, भारत, इजरायल, अमेरिका, बेलायत, मलेशिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, रोमानिया, पोर्चुगल, जापान, ओमन, साउदी, दुबई, कतार, हङकङ, अष्ट्रेलिया, साईप्रस, क्यानाडा, इराकमा शाखा तथा घेदुङमा आबद्ध तामाङ संस्थाहरू क्रियाशील छन् ।

घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित (Community Based Organizations) सामाजिक संगठन हो । जसले गर्दा यो NGOS नभएर CBOS/IPOS अर्थात आदिवासी जनजाति समुदायको संगठनको रूपमा चिनिन्छ । यसले नेपालका समस्त तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनको प्रतिनिधित्व गर्दछ । तामाङ समुदायको मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य थुप्रै तामाङ विविधताको प्रवद्र्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको लागि समेत घेदुङले संस्थागत रूपमा स्थापनाकालदेखि नै निरन्तर काम गर्दै आइरहेको छ । यसरी यो संस्थाले संसारभर छरिएर रहेको तामाङ जातिलाई सामाजिक, सांस्कृतिक रूपमा एकठाउँमा गोलबन्द गरेको छ । तामाङ समाजमा आजसम्मको मुख्य सामाजिक रूपान्तरणको सबै उपलब्धिहरू घेदुङकै महत्त्वपूर्ण देन हो ।

https://nepaltamangghedung.org.np/

Like & Share :

Facebook
WhatsApp
Telegram
Email
X

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Upcoming Events

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Latest Biography