Tamang Elibrary

Address :
Boudha, Kathmandu, Nepal
Phone :
Mobile :
Website URL :
www.tamangelibrary.com
Facebook :
YouTube :

तामाङ-ईलाइब्रेरीबारे आधारभूत जानकारी

१ Tamang Elibrary भनेको के हो?

Elibrary भनेको विद्धुतीय पुस्तकालय (electronic library) हो। tamangelibrary ले तामाङ भाषामा वा तामाङ सम्वन्धी लेखिएका पुस्तकहरु राखिएको विद्धुतीय पुस्तकालय भन्ने जनाउँछ। यो नयाँ प्रविधि हो । यस प्रविधिमा किताबलाई डिजिटलाईज्ड (Digitalize) गरिन्छ र अनलाईनमा राखिन्छ। अनलाइनमा राखिएका सामग्री जुन सुकै बेला संसारका जुनसुकै ठाँउबाट हेर्न र पढ्न सकिन्छ। tamangelibrary मा राखिएका तामाङ पुस्तक वा पठन सामग्री www.tamangelibrary.com मार्फत् हेर्न सकिन्छ।

२ TamangElibrary किन नि ?

 

निम्न उद्देश्य रहेका छन्

(१) तामाङ ज्ञान, सिप र सिर्जनाको संरक्षण गर्न।

(२) तामाङ ज्ञान, सिप र सिर्जनाको सम्वर्धन र अभिवृद्धि गर्न।

(३) तामाङ ज्ञान, सिप र सिर्जनाहरु सबै पाठकको पहुँचमा पुर्याउन।

(४) आम पाठकलाई तामाङ ज्ञान, सिप र सिर्जनासँग परिचय गराउन।

(५) तामाङ समुदायमा पठन संस्कृतिको विकास गर्ग।

(६) अग्रज स्रष्टाहरुप्रति सम्मान अभिव्यक्त गर्न र नव स्रष्टाहरुलाई उत्साहित र प्रोत्साहित गर्न आदि।

 

३ TamangElibrary कसरी स्थापना हुन्छ?

सर्वप्रथम सबै प्रकारका सामग्रीलाई डिजिटलाईज्ड (Digitalize) गर्नु पर्दछ र अनलाईनमा राख्नु पर्दछ। यो प्राविधिक काम हो। यस कार्यको लागि आइटि इन्जिनियरहरुको सहयोग चाहिन्छ। दोस्रो, किन अर्थात् उद्देश्यबाट अभिप्रेरित हुनु पर्दछ। तेस्रो, उद्देश्यबाट अभिप्रेरित भएर स्रोतसाधानसहित अथक प्रयास, उत्साह र जाँगर चाहिन्छ।

४ तामाङइलाइब्रेरीमा के कस्ता सामग्री राखिनेछन्?

कुनै पनि पुस्तकालयमा पुस्तक मात्र हुदैंन, त्यहाँ धेरै प्रकारका पाठ्यसामग्री हुन्छन्, जस्तै पुस्तकपुस्तिका, पत्रपत्रिका, स्मारिका, पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री, प्रकाशित तथा अप्रकाशित थेसिस, प्रतिवेदन, ऐतिहासिक अभिलेख तथा दस्तावेज आदि। हाल पुस्तकालममा अडियो (श्रव्य) तथा अडियोभिडियो (श्रव्यदृश्य) पनि राखिएका हुन्छन् । तामाङइलाइब्रेरीमा पनि उक्त सबै प्रकारका सबै सामग्री राखिनेछ।

५ के कति सामग्री राखिनेछन्?

सवै प्रकारका सामग्रीसहित लगभग १०,००० पृष्ठबाट यो पुस्तकालय प्रारम्भ गर्ने छौं र ६ महिनाभित्र भएभरका सबै तामाङ सामग्रीहरु राखिसक्ने लक्ष्य छ ।

६ यो पुस्तकालय कहिलेदेखि सुरु हुन्छ?

आउँदो महिना भदौं १ गते दिउँसो २ बजेदेखि नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षामा सम्पन्न हुने उद्घाटन समारोह मार्फत् तामाङइलाइब्रेरी प्रारम्भ हुनेछ। संसारभरिका पाठकहरुले घर बसीबसी तामाङ सिर्जनाहरु हेर्न, सुन्न र पढन सक्ने छन्। यो हाम्रो पहिलो प्रयास हुनेछ।

७ के मैले सामग्री पढ्न शुल्क तिर्नु पर्छ?

प्राय सबै सामग्री निशुल्क पढ्न र नीजि प्रयोजनको लागि डाउनलोड गर्न पनि सकिनेछ तर केही नयाँ पुस्तकहरुको लागि शुल्क लाग्नेछ। कुन सामग्रीमा शुल्क लाग्ने र कुनमा नलाग्ने सो चिन्हित हुनेछ।

८ म लेखक हुँ र म पनि आफ्नो पुस्तक राख्न चाहन्छु। त्यसको लागि मैले के गर्नु पर्ला?

तपाई आफ्नो पुस्तक राख्नु सक्नु हुन्छ। यो तपाईहरुकै सेवाको नागि हो। स्रष्टाको परिचय गराउँनु हाम्रो उद्दश्य पनि हो। तर तपाईको पुस्तक यस पुस्तकानयले तय गरेको तामाङ पुस्तकको परिभाषा र मापदण्ड भित्र पर्नुपर्दछ। दोस्रो पुस्तकालयमा राख्नका लागि हस्ताक्षरसहित अनुरोधपत्रमा पठाउनु पर्दछ। (‘सामग्रीको मापदण्ड’ र ‘अनुरोधपत्र’ उपलब्ध गराइनेछ)

९ म पनि तामाङइलाइब्रेरी सहयोग गर्न चाहन्छु। के गर्नु पर्ला ?

तपाई वा संघसंस्थाले बिभिन्न किसिमले सहयोग गर्नुसक्नु हुन्छ

(१) तामाङ सम्वन्धी पुराना कागजात, अभिलेख आदि दिएर

(२) साईट सन्चालनका लागि आर्थिक, भौतिक वा नैतिक सरसहयोग गरेर

(३) लेखकहरुलाई तामाङईलेब्ररीमा पुस्तक राख्न लगाएर, पाठकहरुलाई पढ्न प्रोत्साहित गरेर वा उहाँहरुलाई यसबारे सुचित गरेर

(४) वेभसाईट र फेसबुक पेज बिस्तार गर्न सहयोग गरेर अनि

(५) यस्तै अन्य उपयुक्त सरसहयोग।

 

सम्पर्क:

www.tamangelibrary.com

[email protected]

Like & Share :

Facebook
WhatsApp
Telegram
Email
X

Upcoming Events

Featured Podcast

सरकारी कामकाजी भाषा ऐन २०८०|| Announcement Day – 2081 || Tamang || Nepal Bhasha||

Upcoming Events

Latest Podcast

Episode – 75 || Mhendolafole Podcast With Sunil Lama || Sumina Lo || Singer ||

Episode – 74 || Mhendolafole Podcast With Sunil Lama || Damfu Sanjh Special || Bishwo Dong ||

Episode – 73 || Mhendolafole Podcast With Sunil Lama || Safalta Theeng || Miss Tamang 2021 ||

Latest Biography