सहयोग रकम हस्तान्तरण

Facebook
Twitter
WhatsApp
Telegram

दर्जन भन्दा बढी तामाङ चलचित्र र छक्का पन्जा २ ,मन्जरी जस्ता नेपाली चलचित्रमा समेत अभिनय गरि सक्नु भएका कलाकार भुइसल लामा , क्यान्सर रोगसँग लडिरहेका श्रीमान बाबु लामा को उपचारको लागि म्हेन्दोलाफोलेको पहलमा संकलित रकम हस्तान्तरण गरेको छ। क्यान्सर उपचार निकै महँगो हुने हुँदा विगत १ वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेका बाबुको आर्थिक अभावका कारण थप उपचारमा समस्या हुने जानकारी पाएपछि म्हेन्दोलाफोले सहयोग रकम जुटाउने कार्यमा लागेको थियो। थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै म्हेन्दोलाफोलेको सामाजिक अभियानमा सहयोगी मनहरुले जति सकिन्छ सहयोग गरेका थिए। सहयोग भन्ने कुरा सानो ठुलो हुँदैन, खुल्ला हृदयले गरेको सहयोग सँधै महान र पून्यको हुन्छ भनेझैँ ,म्हेन्दोलाफोलेको यो अभियानमा

  1. फुलमाया घिसिङ (USA ) रु १३,४०५/-,
  2. वाङ्तेन गोम्जा (USA) रु १३,४००/-
  3. तेन्जिङ पाख्रिन (UK ) रु १०,००० /-
  4. कुन्साङ तामाङ रु ५,००५ /-
  5. राजु लामा (USA) रु ५,००५ /-
  6. थुप्तेन लामा रु ५,००० /-
  7. म्हेन्दोलाफोले टिम को तर्फबाट रु १२,००० /-

गरि जम्मा रु ६३,८१५ /- रकम संकलन भएको थियो भने आज उक्त रकम कलाकार तथा बिरामीका श्रीमती भुइसल लामालाई हस्तान्तरण गरिएको थियो।

क्यान्सर रोगको उपचार अत्यन्तै महँगो हुने हुँदा अझै बाबु लामाको उपचारको लागि धेरै नै पैसाको आवस्यकता हुने हुँदा यदि उहाँको उपचारमा यहाँहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तल दिएको QR मा scan गरेर सहयोग गर्न सक्नु हुनेछ अथवा Mhendoalafole Foundation मा सम्पर्क गर्न पनि सक्नु हुनेछ भन्दै म्हेन्दोलाफोलेको सामाजिक अभियानमा भावनात्मक र आर्थिक रूपमा सहयोग गर्नु हुने फुलमाया लामा , तेन्जिङ पाख्रिन, वाङ्तेन गोम्जा, राजु लामा, थुप्तेन लामा, कुन्साङ तामाङ, समिर लामा , कोमल लामा , सागर लामा लगायत सम्पुर्णलाई धेरै धेरै धन्यवाद।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

गायिका इन्दिरा गोले गुरुङ छोटो परिचय || ईन्दिरा गोले बचाउ अभियान || Short Introduction ||

Latest Podcast

गायिका इन्दिरा गोले गुरुङ छोटो परिचय || ईन्दिरा गोले बचाउ अभियान || Short Introduction ||

Episode – 87 || Mhendolafole Podcast With Sunil Lama || Narahari Premee || Composer || Singer ||

Episode – 86 || Mhendolafole Podcast With Sunil Lama || Prakash Gurung || Senior Musician || Singer||

Leave a Reply

Your email address will not be published. Required fields are marked *