तामाङ पत्रकार संघको २२ औँ स्थापना दिवसमा सक्रिय पत्रकारहरू सम्मानित

Facebook
Twitter
WhatsApp
Telegram

काठमाडौँ, आइतबार — तामाङ पत्रकार संघले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा तामाङ समुदायका विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकार तथा कला, साहित्य र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा बालुवाटारस्थित मेलुङ थकाली किचनमा आयोजित औपचारिक समारोहमार्फत विभिन्न श्रेणीका पुरस्कार र सम्मानपत्र प्रदान गरिएको संघले जनाएको छ।

रविन्द्र तामाङ पत्रकारिता पुरस्कार–२०८२ म्हेन्दोला फोलेका सञ्चालक सुनिल लामा दोङलाई प्रदान गरिएको छ।
त्यसैगरी दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२ ग्लोबल मिडियाकी सम्पादक अन्जु डिमदोङ तामाङलाई प्रदान गरिएको छ।

नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’ कार्यक्रमका सम्पादक तथा प्रस्तोता बीरबल तामाङलाई तामाङ मातृभाषा पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ।

यस्तै, कालिका तामाङ नारी प्रतिभा–२०८२ बाट नाट्यकर्मी शान्ति वाइबा तामाङ सम्मानित भएकी छन्। सबै पुरस्कार तथा सम्मानका प्राप्तकर्तालाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले तामाङ पत्रकार संघले दीर्घकालीन दृष्टिकोणसहित समुदायमुखी काम गर्दै आएको उल्लेख गर्दै सरकार आगामी दिनमा पनि संघसँग सहकार्य गर्न तैयार रहेको बताए।

कार्यक्रममा संघको विगत, संस्थागत यात्रा तथा तामाङ पत्रकारिताको वर्तमान अवस्थाबारे विशेष अन्तरक्रिया सत्रसमेत आयोजित गरिएको थियो। कार्यक्रममा संघका संस्थापक तथा लेखक रविन्द्र तामाङले कार्यपत्र प्रस्तुत गरेका थिए भने पूर्वअध्यक्ष सुवास तामाङले उक्त कार्यपत्रमाथि टिप्पणी प्रस्तुत गरेका थिए।

समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, तामाङ घेदुङका महासचिव तथा इंडिजिनियस टिभीका सञ्चालक जगतमान दोङ, नेपाल सरकारका सहसचिव तथा संघका संस्थापक अध्यक्ष रुद्रसिंह तामाङ लगायतका वक्ताहरूले संघका गतिविधि प्रभावकारी र उपलब्धिमूलक रहेको उल्लेख गरेका थिए।

पुरस्कार प्राप्तकर्ता सुनिल लामा दोङले पनि आफ्नो पत्रकारिता तथा मिडिया यात्राको अनुभव, चुनौती र वर्तमान अवस्थाबारे संक्षिप्त मन्तव्य राखेका थिए।

यससँगै संघको केन्द्रीय समितिको पूर्ण बैठक पनि सम्पन्न गरिएको थियो। बैठकपछिको सन्देशमा अध्यक्ष नेत्र तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै संघ २२ वर्षको यात्रामा संस्थागत रूपमा परिपक्व बन्दै गएको बताए। उनले विगतका नेतृत्वहरूले थालनी गरेका कार्यक्रमहरूले संघलाई आजको स्थायित्व र दिशा दिनेमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, संघ आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र पेशागत रूपमा सक्षम संरचना निर्माणमा प्रतिबद्ध रहने बताए।

स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममार्फत करिब आधा दर्जन स्वयंसेवकले रक्तदान गरेका थिए।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *