“म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा ” पुस्तकको लोकार्पण साउन ११ गते राष्ट्रिय नाचघरमा

Facebook
Twitter
WhatsApp
Telegram

“म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा ” पुस्तकको लोकार्पण साउन ११ गते

काठमाडौं। म्हेन्दोलाफोले फाउण्डेशनद्वारा प्रकाशित ऐतिहासिक कृति “म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा “ को पुस्तक लोकार्पण समारोह आगामी २०८३ साल साउन ११ गते सोमबार दिउँसो १:०० बजे राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान), जमल, काठमाडौं मा आयोजना हुने भएको छ।

“सय व्यक्तित्वका जीवनका अमूल्य अनुभवहरूको ऐतिहासिक दस्तावेज” भन्ने मूल भावका साथ प्रकाशित यस पुस्तकमा विभिन्न क्षेत्रका १०० विशिष्ट व्यक्तित्वहरूको जीवनयात्रा, संघर्ष, अनुभव, विचार तथा समाजप्रतिको योगदान समेटिएको छ।

“म्हेन्दोलाफोले” पोडकास्टमार्फत विभिन्न समयमा गरिएका जीवन्त संवादहरूलाई भावी पुस्ताका लागि अभिलेखीकरण गर्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो। पुस्तकले भाषा, कला, संस्कृति, इतिहास, साहित्य, शिक्षा, राजनीति, सामाजिक सेवा, अनुसन्धान, सञ्चार, खेलकुद, व्यवसाय लगायत विविध क्षेत्रका व्यक्तित्वहरूको अनुभवलाई एकै कृतिमा समेटेको छ।

म्हेन्दोलाफोले फाउण्डेशनका अनुसार यो पुस्तक केवल संवादहरूको सङ्ग्रह मात्र नभई भावी पुस्ताका लागि प्रेरणा, अनुसन्धान तथा ऐतिहासिक सन्दर्भ सामग्रीका रूपमा समेत महत्वपूर्ण हुनेछ। यस कृतिमार्फत समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको अनुभव र विचारलाई पुस्तौँसम्म सुरक्षित राख्ने लक्ष्य लिइएको छ।

फाउण्डेशनले सञ्चालन गर्दै आएको www.mhendolafole.org वेबसाइटमार्फत पनि तामाङ भाषा, कला, संस्कृति, इतिहास तथा Tamang Database सहित विविध सामग्रीहरू अभिलेखीकरण गर्दै आएको छ। यस पुस्तकले पनि सोही अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम म्हेन्दोलाफोले फाउण्डेशनमार्फत सामाजिक, शैक्षिक तथा सांस्कृतिक सेवामूलक कार्यहरूमा खर्च गरिने फाउण्डेशनले जनाएको छ। विशेषगरी शिक्षा, भाषा तथा संस्कृति संरक्षण, अनुसन्धान र समुदाय केन्द्रित कार्यक्रमहरूमा उक्त रकम उपयोग गरिनेछ।

म्हेन्दोलाफोले फाउण्डेशनले पुस्तक लोकार्पण समारोहमा सहभागी भई यस ऐतिहासिक क्षणलाई अझ गरिमामय बनाउन सम्पूर्ण साहित्यप्रेमी, सञ्चारकर्मी, कलाकार, समाजसेवी, शुभेच्छुक हार्दिक निमन्त्रणा गरेको छ।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *