भोटेकोशी बाढीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित २१ सय छ्युमे दीप प्रज्वलन तथा ङो मोलम पाठ सम्पन्न

Facebook
Twitter
WhatsApp
Telegram

काठमाडौं, भदौ २४ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्ति, मोक्ष तथा सद्गतिको कामना गर्दै २१ सय छ्युमे दीप प्रज्वलन तथा २१ जना लामा गुरुहरूद्वारा ङो मोलम पाठ–पूजा सम्पन्न भएको छ।

म्हेन्दोलाफोले फाउण्डेशन तथा फेन्दे ढाछाङ गुम्बाको संयुक्त आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा ठूलो संख्यामा श्रद्धालु तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित श्रद्धालुहरूले दीप प्रज्वलन गर्दै भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरूको चिरशान्ति, मोक्ष र सद्गतिको कामना गरेका थिए।

कार्यक्रममा २१ जना लामा गुरुहरूले धार्मिक विधिअनुसार ङो मोलम पाठ–पूजा गर्नुभएको थियो। पाठ–पूजाका क्रममा दिवंगत आत्माहरूले शान्ति प्राप्त गरून्, मोक्ष प्राप्त होस् र सद्गति प्राप्त होस् भन्ने कामनासहित प्रार्थना गरिएको थियो।

त्यसैगरी, श्रद्धालुहरूले २१ सय छ्युमे दीप प्रज्वलन गरी दिवंगत आत्माहरूप्रति श्रद्धा अर्पण गरेका थिए। हजारौँ दीपको उज्यालोबीच गरिएको सामूहिक दीप प्रज्वलन र लामा गुरुहरूको मोलम पाठले कार्यक्रमस्थललाई भावपूर्ण र आध्यात्मिक वातावरणमा परिणत गरेको थियो।

भोटेकोशी बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य र शक्ति प्राप्त होस् तथा घाइते एवं बाढीबाट प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ, सुख–शान्ति र आत्मबल प्राप्त होस् भन्ने कामनासहित कार्यक्रम आयोजना गरिएको हो।

दुःख र पीडाको यस कठिन घडीमा आयोजित कार्यक्रममा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो। दिवंगत आत्माहरूको शान्ति र मोक्षका लागि गरिएको सामूहिक प्रार्थना तथा दीप प्रज्वलनले श्रद्धा, करुणा र मानवीय संवेदनाको सन्देश दिएको थियो।

धार्मिक आस्था र मानवीय संवेदनासहित सम्पन्न यस कार्यक्रममार्फत भोटेकोशी बाढीमा दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा अर्पण गरिएको छ। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना तथा बाढीबाट प्रभावित सम्पूर्णप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।

दिवंगत सम्पूर्ण आत्माहरूको चिरशान्ति, मोक्ष तथा सद्गतिको कामना।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ, सुख–शान्ति र धैर्य प्राप्त होस्।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *