लामागुरु थुप्तेन शोइपा योञ्जनको स्वरमा ‘चेनरेजिक मन्त्र’ सार्वजनिक

Facebook
Twitter
WhatsApp
Telegram

काठमाडौं। फेन्दे ढाछाङको प्रस्तुतिमा लामागुरु थुप्तेन शोइपा योञ्जनको स्वरमा रहेको बौद्ध मन्त्र ‘चेनरेजिक मन्त्र’ भिडियोसहित युट्युबमा सार्वजनिक भएको छ।

यसअघि लामागुरु योञ्जनका स्वरमा ‘याङ्ला ग्यल्पो लोसार’, ‘ग्याल्पो लोसार’, नेपाली सेलो गीत, ‘गुरु सातहरप प्रार्थना’, ‘तोर्से बोइह्युल यान्से’ र ‘छिग्दुन सोल्देब’ लगायतका गीत तथा मन्त्र सार्वजनिक भइसकेका छन्।

काठमाडौंको नक्सालस्थित पर्पल स्टुडियोमा रेकर्ड गरिएको उक्त बौद्ध मन्त्रको संगीत संयोजन फणीन्द्र राईले गरेका हुन्।

धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्वयम्भू, बौद्ध र नमोबुद्धका साथै बालाजु, पशुपति र रानीवनमा भिडियोको छायांकन गरिएको हो। भिडियोमा खेन्पो ज्ञाल्जेन साङ्पो, लोपेन वाङ्डुप घिसिङ, सुनिल लामा र लामागुरु थुप्तेन शोइपा योञ्जन प्रमुख पात्रका रूपमा देखिएका छन्।

मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता बौद्ध दर्शनका मूल भावसँगै ध्यान र मोक्षको सन्देश बोकेको यस मन्त्रले ‘ॐ मणि पद्मे हूँ’ को आध्यात्मिक महत्त्वलाई प्रस्तुत गरेको छ।

मन्त्रको भाव र सन्देशलाई दृश्यात्मक रूपमा उतारिएको यस भिडियोको छायांकन तथा सम्पादन रुपेन मोक्तानले गरेका हुन्।

Facebook
Twitter
WhatsApp
Telegram

Upcoming Events

Featured Podcast

म्हेन्दोलाफोले पोड्कास्ट | 100 भागको अविस्मरणीय यात्रा | सफलता, संघर्ष र स्मरणीय क्षणहरू |

Latest Podcast

जतिसुकै घुमेपनि रमाइलो गरेपनि अन्त्यमा आफ्नो मान्छे नै चाहिने रहेछ | Anu Tamang | Podcast | EP- 124

सबिता माताको भविष्यवाणी : अब हृदयन्द्र राजा हुनेछ | Sabita Acharya | Mata | Podcast | EP- 123 |

ह्रुइबा (अस्तु ) बिना घेवा अधुरो:लामा उर्गेनको गहिरो व्याख्या | Urgen Lama | Podcast | EP – 122 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *